किशोर हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ

Image
maya metro

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन्। शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित ७ जना प्रकाउ परेका हुन्।

यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा हिजो (शनिबार) चलाउने र नेत्र शाही पक्राउ परेका हुन्।

nisarga

यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ।  विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए। उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो।

आरोपी पक्राउ नपरेको भन्दै आजबाट दुई दिनसम्मका लागि जिल्लामा यातायात सेवा बन्द गरिएको थियो।