रारामा पुग्यो बिजुली

Image
maya metro

काठमाडौँ – रारा ताल क्षेत्रमा विद्युत पुर्याएको छ। नेपाल विद्युत प्राधिकरणले कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको हो।

प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारण लाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत उपलब्ध गराएको हो।

nisarga

हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत प्रयोग हुँदै आएको थियो। अब जलविद्युत गृहबाट उत्पादित विद्युत २४सै घण्टा आपूर्ति हुने छ।

रारा ताल परिसरमा सञ्चालनमा रहेका होटलहरु, कार्यालयहरु र छेउछाउका घरहरुले विद्युत आपूर्ति पाएका छन्।

रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति गरिएको छ।

प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख सम्भू कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको बताए।