पोखराको प्याराग्लाइडिङ सङ्कटमा

padma

कास्की – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारीमा छ । विमानस्थल सञ्चालनले यहाँका पर्यटन व्यवसायीलाई खुसीसँगै चिन्ता थपिदिएको छ । ठूला जहाज आउजाउ गर्दा प्याराग्लाइडिङको भविष्य के होला भन्ने कुरामा व्यवसायी चिन्तित हुन थालेका हुन् । पोखराको ब्रान्ड बनिसकेको प्याराग्लाइडिङ हटाउनभन्दा पनि व्यवस्थित गर्न व्यवसायीले चाहेका छन् ।

Shikhar Dental

प्याराग्लाइडिङको भविष्यको चिन्ता गर्दै नेपाल हवाई खेलकुद संस्था (ना)ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा नाका पूर्वअध्यक्ष योगेश भट्टराईले पोखरामा प्याराग्लाइडिङ विस्थापित हुनु भनेको राज्यको आम्दानी, व्यवसायीको लगानी र रोजगारीमा धक्का पुग्ने बताएका छन् ।

पोखरामा ६२ प्याराग्लाइडिङ कम्पनी छन् । यसमा पाँच सय पाइलटले प्याराग्लाइडिङ उडान गर्छन् । सराङकोटको डाँडाबाट प्याराग्लाइडिङ उडान हुँदै आएको छ ।

अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण गरिन्छ । सराङकोट नजिकको तोरीपानी र मान्द्रेढुङ्गा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो । मान्द्रेढुङ्गा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्छन् । व्यवसायीले पोखराको आकाशमा झन्डै अढाई दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडान केही गरी अन्यत्र सार्नुपर्दा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै आएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.