Attariya Hospital Pvt.Ltd.

सगरमाथा क्षेत्रमा पक्षीलाई पासाे थाप्ने एक व्यक्ति पक्राउ

padma
milan sunchadi

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट सात थान पासोसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-४ गुदेलका ५८ वर्षीय जितबहादुर राई रहेका निकुञ्ज कार्यालय नाम्चेले जनाएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ फोर्चेमा रहेकाे बारीमा पक्षीलाई थापिएको पासोसहित राईलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी विष्णु रोकायले जानकारी दिनुभयो । पक्राउ परेका राईलाई निकुञ्जको सुधार गृहमा राखेर अनुसन्धान सुरु गरिएकाे छ ।

Siddi ganesh

२०३२ सालमा स्थापना भएको निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । सन् १९७९ देखि निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो । यहाँ कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारलजस्ता वन्यजन्तुका साथै डाँफे, चिलिमे, कालीज, हिम कुखुरा, लालचुच्चे काग (टुङ्गा) र पहेँलो चुच्चे काग (टेमु ) लगायत १ सय ९३ प्रजातिका चरा पाइन्छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.