सुर्नया गाउँपालिकाका एक कार्यपालिका सदस्यको निधन

Image
maya metro

बैतडी – बैतडीको सुर्नया गाउँपालिकाका एक कार्यपालिका सदस्यको निधन भएको छ । एकीकृत समाजवादीबाट कार्यापालिकामा निर्वाचित भएका सुर्नया ५ का प्रेम लुहारको निधन भएको हो ।

सारिरिक रुपमा अस्वस्थ ५७ वर्षीय लुहारको शनिबार दिउसो करिब २ बजे निधन भएको सुर्नया गाउँपालिका ५ का वडा अध्यक्ष केशब बिष्टले बताए ।

nisarga

एक हप्ता पहिले मात्रै अस्पतालबाट घर फर्किएका उनको आज घरमै निधन भएको हो ।