सन्दीप लामिछानेले भने : म विरुद्ध षड्यन्त्र भयो,चाँडै नेपाल फर्केर कानुनी लडाइँ लड्छु

Image
maya metro

अत्तरिया – नाबालिकामाथि बलात्कारको मुद्दा लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध षड्यन्त्र भएको र त्यसविरुद्ध चाँडै नेपाल फर्केर कानुनी लडाइँ लड्ने बताएका छन्।

उनले हाल उनी बिरामी परेकोले स्वदेश फर्किन नसकेको जनाएका छन्।

nisarga

आइतबार राति फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफूविरुद्ध झूठा र अफवाह फैलाउने समाचार नछापिदिन पनि आग्रह गरेका छन्।

उनले आफूविरुद्धको जाहेरीबारे भदौ २२ गते थाहा पाएको र त्यो झूठो जाहेरी भएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘मविरुद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। मविरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरु आए।’

अहिले आफू कहाँ रहेको भन्ने जानकारी नै नदिई उनले अस्वस्थ रहेकाले चाँडै नेपाल फर्किने तयारीमा रहेको बताएका छन्।