महिला हक्कीमा सुदूरपश्चिम विजयी

Image
maya metro

धनगढी – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्कीमा सुदूरपश्चिम विजयी भएको छ। शनिबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले १(० को गोल अन्तरले मधेश प्रदेशलाई हराएको हो।

खेलको पहिलो, दोस्रो र तेस्रो क्वाटर गोल रहित बन्न पुग्यो। दुबैबीच रोचक प्रतिस्पर्धा रहेको खेलमा सुदुरपश्चिमको तर्फबाट धमरा थापाको गोल नै निर्णयक बन्न पुग्यो। खेलको अन्तिम मिनेटमा धमराले गरेको गोलले सुदूरपश्चिमलाई खेलमा जित दिलायो । उनले ५९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई जित दिलाउन सफल भइन्।

nisarga

यसअघि भएको पहिलो खेलमा नेपाल आर्मीले ८ (० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको छ। आर्मीको यो लगातार दोस्रो जित हो। आजको खेलमा जित हासिल गरेका दुबै टिम भोलि मैदानमा भिड्दै छन्।

सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदैछ। भोलि प्रतियोगिताको चौथो दिन लुम्बिनी प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुँदा सुदुरपश्चिम प्रदेश र नेपाल आर्मी मैदानमा उत्रिदै छन्।