
अत्तरिया – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ ले आयोजना गर्ने कुनै विरोधसभा होउन वा कुनै पार्टीगत कार्यक्रम । कुनै चुनावी समयमा उम्मेदवारी दर्ता गर्दा होस वा विजयी जुलुस नै होस । ब्यानरभन्दा अगाडी देखीने एउटै व्यत्ति हुन् ट्राइसाईकलकामा बसेका लक्ष्मण वि क । ट्राइसाईकलका पछाडी अड्काईएको ठुलो चारतारे झण्डा सहित अगाडी लक्ष्मण वि क,पछाडी सम्बन्धीत कार्यक्रमका ब्यानर र बाँकी झण्डा सहित अन्य सहभागीहरु । कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का अधिकांश कार्यक्रममा देखीने साझा दृश्य हो यो ।
स्थानीय तहको निर्वाचनमा होस वा प्रदेश र प्रतिनिधी सभा । कैलाली क्षेत्र नम्बर ४ बाट कांग्रेसलाई विजयी दिलाउन खटीनेमध्यका एक व्यत्ति वि क पनी हुन् । २०६२÷६३ बाट आफ्नो राजनितिकयात्रा सुरु गरेका वि क यो चारतारे झण्डा र कांग्रेसका सिद्धान्तसंग समेत अधिक मोह रहेको बताँउछन् । देशका हरेक मुल परिवर्तको नेतृत्व गरेको र प्रजातान्त्रीक विचारधारा बोकेको पार्टीसंग आफ्नो विचार मेल खाएको हुँदा आफु कांग्रेससंग प्रभावित भएको उनी बताँउछन् ।


त्यसैले त उनी आफ्नो शारिरिक अशत्तताका बाबजुत पनी हरकुनै ठाँउमा सहभागीता जनाउन छोडदैनन् । अहिले कांग्रेस गोदावरी नगरपालीका वडा नम्बर २ का पार्टी सचिव समेत रहेका वि क पार्टीभित्र पार्टीगत विधी सिद्धान्तका कुरामात्रै नभई अपांगता भएका व्यत्तिका हक अधिकारकालागी पनी आवाज उठाँउदै आएको बताँउछन् । जन्मीएको डेढ वर्षमै पोलीयो रोगबाट ग्रस्त भई खुट्टामा क्षति व्यहोरेका उनको व्यत्तिगत जीवन सहज भने छैन । वृद्धाअवस्थाकी आमा,श्रीमती र छोरीका लागी घरखर्च जुटाउन समेत उनलाई मुस्कील पर्छ ।
उसो त उनी आफै पनी चारपांग्रे स्कुटर भए पार्टीका कार्यक्रममा समेत अली बढी सक्रिय बन्न सकिन्थ्यो कि भन्ने बेला बेला सोचिरहन्छन् तर त्यस्कालागी पनी आर्थीक अवस्था नै बाधक बनेको छ । यो समस्या पार्टीका अन्य साथीहरुबिच राख्नुभएन? भन्ने प्रश्नमा वि क भन्छन् म पार्टीबाट लाभ लिनकालागी राजनितिमा लागेको व्यत्ति होईन र त्यो मेरो सिद्धान्तले पनी दिदैन । अब कुनै साथीहरुले बुझेर सहयोग गर्नुभयो भने त्यो फरक कुरा हो ।”
पार्टीका हरेक कार्यक्रममा आफुले सम्मानीत महसुस गर्ने गरेको र पार्टीपंतिका साथीहरुले कार्यक्रममा उपस्थीती जनाउनमा पनी पुर्ण सहयोग गर्ने गरेको उनको बुझाई छ । सरकारी भवनहरु अपांगमैत्री नभएकै कारण अपांगता भएका व्यत्तिले सरकारी कामकाजमा नराम्रो संग दुख झेल्नु परेको उनको अनुभव छ ।















