ग्वाँसी समैजी खानेपानीमा निःशुल्क आँखा जाँच शिविर, ४०१ जनाले लिए सेवा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-८ मजगाउँमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ।

ग्वाँसी समैजी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको स्थानीय आयोजनामा शनिबार गेटा आँखा अस्पतालको प्राविधिक सहयोग तथा एभरेस्ट बैंक लिमिटेडको आयोजनामा शिविर सञ्चालन गरिएको हो।

nisarga

शिविरमा ४०१ जनाले आँखा जाँच सेवा लिएको ग्वाँसी समैजी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नरेश अकिारीले बताएका छन्।

आँखा परीक्षणका क्रममा ३६ जनामा शल्यक्रिया गर्नुपर्ने समस्या देखिएको छ। उनीहरूको निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ।

त्यसैगरी, आँखा परीक्षणका क्रममा चस्मा आवश्यक देखिएका सेवाग्राहीलाई सहुलियत मूल्यमा चस्मासमेत वितरण गरिएको छ।

स्थानीय स्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको खानेपानीका अध्यक्ष अधिकारीले बताएका छन् ।