डोटीको जोरायलमा विद्यालयमै कोरोनाविरुद्धको खोप

Image
डोटीको जोरायल गाउँपालिका–५ गडसेरास्थित नवोदय माध्यमिक विद्यालयका विद्यार्थीलाई शुक्रबार कोरोना बिरुद्धको खोप लगाउँदै अनमी बिद्या भण्डारी । तस्वीर ः विमलबहादुर विष्ट, रासस
maya metro

डोटी – जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। स्थानीय तहभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्।

‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ,’ उनले भनिन्‚ ‘विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो।’

nisarga

प्रायः स्कुले बालबालिका कोरोना जोखिममा पर्ने गरेका र सरकारले सबै विद्यार्थीलाई खोप दिने निर्णय गरेअनुसार उक्त स्थानीय तहमा रहेका विद्यार्थीलाई एकैसाथ खोप दिन थालिएको बताइएको छ। हालसम्म तोकिएका उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय तथा अन्य क्षेत्रमा तोकिएको खोप केन्द्रमा गएर खोप लगाउनुपर्ने व्यवस्था मिलाइएको गाउँपालिका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताए।

विद्यार्थीलाई खोप लगाउने अभियान सुरु भएपछि विद्यार्थी पनि खुशी साथ खोप लगाउन आउन थालेका नवोदय मावि गड्सेरामा प्राचार्य फणेन्द्र खडायतले बताए।

रासस