बस्ती जोगाउन रातभर जाग्रम बस्दै बल्मीका महिला

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ९ बल्मीका महिला आफ्नो बस्ती जोगाउन रातभर जाग्रम बस्न थालेका छन् । खुटिया नदीले प्रत्येक वर्ष कटानको जोखीम बढ्दै गएपछी तटबन्धन गर्नुपर्ने माग राखेका छन् । गोदावरी नगरपालीकाले यहि पौष ४ गतेदेखी नदिजन्य पर्दाथ बिक्री सुरु गरेको छ तर राजश्व वृद्धी गरेको भन्दै स्याउले,खुटीया ,बल्मी ट्याकटर व्यवशायी संघले खुटीया नदिबाट नददिजन्य पर्दाथ निकाल्न दिएको छैन । खुटीया नदिले बल्मी गाँउको किनारमा शिव पार्वति सामुदायिक वन क्षेत्र वर्षेनी कटान गर्दै गएको छ । अन्य समयमा करिब सुख्खा जस्तै हुने खुटीया नदि वर्षातको समयमा भने उर्लेर बाढी आउने गर्दछ ।

रातिको समयमा नदिजन्य पर्दाथ चोरी निकाशी गर्न ट्याक्टरहरु आउने हुँदा रातभरी आफुहरु नदि किनारमै बस्ने गरेको बल्मीकी हरिना बोहराले बताईन् । ट्याक्टरले हाम्रो गाँउतिरको भागबाट ढुंगा बालुवा निकाल्ने हुनकी भनेर गाँउका छ सात जना महिला सँधै ड्युटि गर्ने गरेको उनले बताईन् । नदीले हरेक वर्ष हाम्रो गाँउतिर कटान बढाँउदै गएको छ उनले भनीन् “नगरपालीकाले यहि नदिबाट वार्षीक करोडौं कमाउँछ तर कटान रोक्न कुनै चासो देखाएको छैन त्यसैले हामी सकेसम्म नदीजन्य पर्दाथ नै निकाल्न नदीने यदी निकाल्ने नै भएमा तटबन्धन गर्ने सहमति नगरेसम्म खुटीया नदिमा ट्याक्टर छिर्न दिँदैनौ ।”

nisarga

दशकौंदेखी बल्मीमै बस्दैआएकी अर्की स्थानीय जमुना खड्काले केहि वर्षदेखी खुटीया नदिले बल्मीक्षेत्रतिरै कटान बढाएको हुँदा गाँउ नै जोखीममा परेको बताईन् । यहाँबाट करोडौँ उठाउने नगरपालीकाले केहि रकम मात्रै यहाँ खर्च गर्ने गरेको भए अहिले कटान केहि नियन्त्रण भईसकेको हुन्थ्यो खड्काले भनीन् “हामी महिलाहरु आफ्नो बस्ती जोगाउनकालागी सानासाना छोराछोरी छोडेर राति ड्युटि गरीरहेका छौँ ।”गोदावरी नगरपालीकाले ४ गते एक सुचना निकालेर नदिजन्य पर्दाथ निकाशी खुला भएको जनाएपछी बल्मीका महिला नदिमा प्रवेश नदीने भन्दै खुटीया किनारमा जम्मा हुने गरेका छन् ।

महिलाको उत्त विरोधमा स्याउले वरपरका सुर्योदय,शिवशत्ति सामुदायिक वनहरुलेपनी एक्यवद्धता जनाएका छन् । उनीहरुले नदिले कटान गरेका ठाँउमा तटबन्धन गर्नुपर्ने तथा खुटीया पुल जोखीममा रहेको हुँदा पुल मर्मतकालागी नगरपालीकाले पहल गर्नुपर्ने बताएका छन् ।