
काठमाडौं – सोलुखुम्बुको नाम्चेसहितका क्षेत्रमा यस वर्षकै पहिलो हिमपात भएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेसहित खुम्जुङ, त्याङबोचे, फेरुचे लगायतको क्षेत्रमा शुक्रबारबाटै सामान्य हिमपात सुरु भएको हो ।
कार्यालयका अनुसार हिजो बिहानबाट सुरु भएको हिमपात अहिले पनि सामान्य रुपमा जारी रहेको छ । हिमपातसँगै खुम्बुमा अत्याधिक चिसोको महसुस गरिएको स्थानीयले बताएका छन् । खुम्बुको चारैतिर कुहिरोले घेरिएको छ भने मौसम प्रतिकूलताका कारण दुई दिन यता कुनै पनि जहाजले उडान भर्न सकेको छैन ।

जहाजको उडान ठप्प हुँदा लुक्लाबाट चिसो छल्न काठमाण्डौ जाने यात्रुहरु मौसम अनुकूलताको पर्खाइमा रहेका छन् ।













