
डोटी – डोटीको बोगटान फुड्सिल गाँउपालीकामा नेपाली सेनाले हेलिप्याड निर्माण गरेको छ । बोगटान फुड्सिल गाउँपालिकासंगको समुन्वयमा सिलगढी स्थीत नेपाली सेनाको भैरव प्रशाद गणले हेलिप्याड निर्माण गरेको हो ।
गाउँपालिकाको केन्द्र चवराचौतारमा निर्माण गरीएको उत्त हेलिप्याड डोटीको सदरमुकाम बाहिरको पहिलो हेलिप्याड समेत हो । हालै निर्माण सम्पन्न भएको हेलिप्याडको औपचारिक उद्घाटन हुन भने बाँकी छ ।

सदरमुकामबाट टाढा रहेको बोगटानमा निर्माण भएको उत्त हेलिप्याडले बिरामीको आकस्मीक उद्धारमा सहज हुने अपेक्षा गरीएको छ ।














