Attariya Hospital Pvt.Ltd.

भूकम्पबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

padma
milan sunchadi

काठमाडौं – शक्तिशाली भूकम्पमा परी टर्कीए र सिरियामा मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ।

टर्कीएमा मात्रै २४ हजार ६२७ जना र सिरियामा तीन हजार, ५७५ जनाले ज्यान गुमाका छन्। मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ। टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई खाना तत्काल आवश्यक भएको बताएका छन्।

टर्कीएले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ। उद्धारकर्मीहरू भूकम्पपछिका एक सय घण्टादेखि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकेकामा त्यसलाई चमत्कार भनेका छन्। भूकम्प गएको १२९ घण्टापछि एकै परिवारका पाँच सदस्यको जीवितै उद्धार गरिएको छ।

Siddi ganesh

कठ्याङ्ग्रिने चिसोमा पनि आश मारेका मानिसलाई सकुशल भेट्दा आफन्त भावविभोर भएका छन्। मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले एक सय वर्षपछि यति शक्तिशाली भूकम्प यस क्षेत्रमा भएको बताएका छन्।

एजेन्सी

Nawadurga
Leave A Reply

Your email address will not be published.