बाजुराको जगन्नाथ गाउँपालिकाकी पूर्व उपाध्यक्षको निधन

Image
maya metro

धनगढी – बाजुराको जगन्नाथ गाउँपालिकाकी पुर्व उपाध्यक्षको निधन भएको छ। २०७४ को स्थानीय निर्वाचिनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित ऐना गिरीको शनिबार निधन भएको हो।

नेकपा एमालेकी जिल्ला कमिटी सदस्य समेत रहेकी गिरीको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो।

nisarga

पहिले देखिनै खुट्टा पेटको स्वास्थ्यमा समस्याबाट पीडित गिरीलाई शुक्रबार राति एक्कासी बेहोस भएपछि उपचारका लागि ल्याउने क्रममा डोटीको साझघाट नजिकै मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ।