काठमाडौं – एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अवरुद्ध भएको छ।
श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले अबरुद्ध भएको हो। भारतले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३७.५ ओभर ६ विकेटको क्षतिमा १७८ रन बनाउदा खेल अवरुद्ध भएको हो।
खेल रोकिँदा दीपेन्द्रसिंह ऐरी २७ र सोमपाल कामी ११ रन बनाएर क्रिजमा छन्।
वर्षाका कारण खेल अघि बढ्न सकेन भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। यसअघि पाकिस्तानसँग पराजित भएका कारण नेपाल अंकबिहीन छ। पाकिस्तानसँग अंक बाँडेको भारतले एक अंक जोडेको छ।
भारतविरुद्ध नेपालका लागि अहिलेसम्म आसिफ शेखले सर्वाधिक ५८ रन बनाएका छन्। ९७ बल खेलेका उनले ८ चौका प्रहार गरे। कुशल भुर्तेलले २५ बल खेल्दै ३ चौकाको मद्दतमा ३८ रन जोडे।
गुल्सन झा २३ रन बनाएर आउट भए। भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भएका छन् ।