

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ।
भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो। त्यसपछि अदालतले भदौ २१ गते (आज)का लागि अर्को पेसी तोकेको हो।
सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ। तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन।
