Attariya Hospital Pvt.Ltd.

गाजामा आतङ्कवादी सङ्गठन हमाससँग सम्बन्धित १५७० इजरायली सेनाको कब्जामा

padma
milan sunchadi

तेल अवीव: गाजामा युद्ध सुरु भएदेखि यता जुडिया र सामरियाभरि लगभग १ हजार ५७० आतङ्कवादीहरूलाई कब्जा गरेको छ । तीमध्ये लगभग ९५० आतङ्कवादी सङ्गठन हमाससँग सम्बन्धित छन्।

शिन बेटको निर्देशनमा सामरियाको बुर्का गाउँमा आतङ्कवादी टोलीलाई विफल पारेको बताएको छ । यसैगरी ३४ वर्षीय आतङ्कवादी मेनेसर सिफले हातमा बम लिएर भाग्ने प्रयास गर्दे गरेको बेला सेनाको आक्रमणमा मारिएका थिए । उनी सोही गाउँका बासिन्दा थिए जसलाई इजरायलले १७ वर्षसम्म कैद गरेको थियो ।

सेनाले उनको घरको छतमा भेटिएका विस्फोटक पदार्थहरूलाई ध्वस्त पारेको थियो। सेनाले आतङ्कवादी टोलीको कब्जामा रहेका हतियारहरू पनि बरामद गरेको छ।

Siddi ganesh

सेनाले हेब्रोन शहरमा अपरेसनमा क्रममा लडाकुहरूले हतियार उत्पादनका लागि प्रयोग गर्ने गरेका चारवटा मेसिनहरू पनि जफत गरेको थियो ।

त्यसैगरी जेनिन शहरमा आतङ्कवाद विरुद्धको इन्जिनियरिङ अपरेशनमा आतङ्ककारीहरूले सेनालाई गोली हान्दा जवाफी फायर गर्दा एकजना आतङ्ककारी मारिएका छन्।-(रासस-एएनआई / टीपीएस)

Nawadurga
Leave A Reply

Your email address will not be published.