विश्वकप क्रिकेटअन्तर्गत आज पहिलो सेमिफाइनल खेलमा भारतले न्यूजिल्यान्डको सामना गर्दै

Image
maya metro

काठमाडौं: विश्वकप क्रिकेटअन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छन्। प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज घरेलु टोली भारतले न्यूजिल्यान्डको सामना गर्दै छ। ​

वानखेडे स्टेडियम मुम्बईमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने छ। रोहित शर्माको नेतृत्वमा रहेको टोली जारी विश्वकपमा अपराजित छ। भारत सन् २०११ पछि पहिलो पटक फाइनलमा पुग्न चाहन्छ। आफ्नो अन्तिम खेलमा श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको न्यूजिल्यान्डले लिग चरणमा ९ मध्ये ५ खेल जित्दै चौथो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो।

nisarga

अघिल्ला दुई संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न असफल न्यूजिल्यान्ड लगातार तेस्रो पटक उपाधि भिडन्त पक्का गर्ने योजनामा हुने छ। भारत पछिल्ला १० वर्षमा आईसीसीले गरेका ९ वटा प्रतियोगितामा ८ पटक नकआउट चरणबाटै बाहिरिएको छ। सन् २०१९ विश्वकपको सेमिफाइनलमा भारतविरुद्ध न्यूजिल्याण्ड १८ रन र २०२१ टेस्ट च्याम्पियनसिपको फाइनलमा ८ विकेटले विजयी भएको थियो।