Attariya Hospital Pvt.Ltd.

न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत विश्वकप क्रिकेटको फाइनलमा प्रबेश

padma
milan sunchadi

भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ। घरेलु मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको भारतले न्युजिल्याण्डलाई ३९८ रनको लक्ष्य दिएको थियो। विशाल रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४८.५ ओभरमा ३२७ रन बनाउँदै अलआउट भयो।

 

ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले भने ४८.५ ओभरमा अलआउट हुनुअघि तीन सय २७ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका लागि चौथो नम्बरका ब्याट्सम्यान ड्यारल मिचेलले सतक र कप्तान केन विलियम्सनले अर्धसतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । मिचेलले टोलीका लागि अविजित एक सय ३४ रनको योगदान गरेका थिए ।

उनले लामो समय क्रिजमा सँघर्ष गरी एक सय १९ बलको सामना गरी सात छक्का र नौ चौका पनि हिर्काएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका विलियम्सनले पनि ६९ रन बनाएका थिए । उनले ७३ बलमा एक छक्का र आठ चौका प्रहार गरेका थिए । तर, न्युजिल्यान्डका ओपनर ब्याट्सम्यानले भने टोलीलाई गतिलो सुरुआत दिन सकेनन् ।

Siddi ganesh

९.५ ओभर बलिङ गरेका भारतका बलर मोहम्मद सामीले ५७ रन खर्चिएर सात विकेट लिए। भारतका लागि जसप्रित बुम्राहा, कुलदीप यादव र मोहमद सिराजले एकएक विकेट हात पारे।

भारतले दोस्रो सेमिफाइनलको विजेतासँग मंसिर ३ गते हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्नेछन्।

 

विराटले आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान पनि तोडेका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सचिनले प्रहार गरेको सतक सँख्यालाई उछिनेका हुन् । न्युजिल्यान्डविरुद्धको खेलमा सतक बनाएसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विराटको सतक सँख्या ५० पुगेको छ । विराटले दुई सय ९१ एकदिवसीय खेलको दुई सय ७९ पालीमा ५० सतकका अतिरिक्त ७१ वटा अर्धसतक पनि बनाएका छन् । विराटले न्युजिल्यान्डविरुद्धको खेलमा एक सय ६ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले सतक बनाएका थिए । उनले खेलको ४१.४ ओभरमा न्युजिल्यान्डका बलर लोकी फर्गुसनको बलमा दुई रन लिँदै सतक पुरा गरेका थिए । विराटले १० दिनअघि मात्र ३५औँ वर्षमा पाइला टेकेकै दिन अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सचिनको कीर्तिमानसँग बराबरी गरेका थिए । विरटाले हालसम्म टेस्ट क्रिकेटमा पनि २९ वटा सतक प्रहार गरिसकेका छन् । सचिनले भने सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक बनाएका थिए । सचिनले टेस्ट र एकदिवसीय क्रिकेटलाई जोड्दा एक सयवटा सतक बनाएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.