Attariya Hospital Pvt.Ltd.

शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियस पुग्नसक्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

padma
milan sunchadi

संयुक्त राष्ट्रसंघले विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौती गर्ने प्रतिबद्धतालाई इमानदारिताका साथ कार्यान्वयन गर्न नलागे यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्ने चेतावनी दिएको छ।

दुबईमा महत्त्वपूर्ण कोप–२८ जलवायु वार्ताको अघि संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम (यूएनईपी)को वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गरिएको हो। यसले अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको जनाएको छ।

यो वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने अपेक्षा गरिएको सन्दर्भमा यूएनईपीले भनेको छ, ‘विश्वले बिग्रिएको जलवायु रेकर्डको सङ्ख्या, गति र परिमाणमा चिन्ताजनक गति देखिरहेको छ।’

Siddi ganesh

‘पृथ्वी सन् २१०० सम्ममा २.५ डिग्री सेल्सियस र २.९ डिग्री सेल्सियसको बीचमा विनाशकारी तापको मार्गमा छ’, कार्बन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै यूएनईपीले भनेको छ, ‘विद्यमान नीति र उत्सर्जन कटौती प्रयासको बाबजुद् विश्वव्यापी तापक्रम वृद्धि ३ डिग्री सेल्सियसतर्फ धकेलिने सम्भावना बढेको छ।’

सन् २०२१ देखि २०२२ सम्ममा १.२ प्रतिशतले उत्सर्जन वृद्धि भएको विश्वले वायुमण्डलमा हरितगृह ग्यासको रेकर्ड स्तरलाई प्रोत्साहन गरिरहेको यूएनईपीले जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नोभेम्बर ३० देखि शुरु हुने कोप–२८ वार्तामा ‘नाटकीय जलवायु काययोजर्ना’को खाका प्रस्तुत गर्न आह्वान गरेका छन्।

‘विश्व नेताहरूले अब पनि जलवायु परिवर्तनको मुद्दामा आफ्ना प्रतिबद्धतालाई पछि धकेल्न वा बेवास्ता गर्न सक्दैनन्’,उनले भने,‘हामी जलवायु परिवर्तनको मुद्दामा सही दिशाभन्दा बाहिर गएका छौँ।’

कोप–२८ को बैठकमा विश्वले निर्णायक कदम चाल्ने तयारी गरिरहेको उनले संकेत गरे। विश्वले जलवायु परिवर्तन नियन्त्रणको हालको पदचाप प्रभावकारी नभएको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए।

Nawadurga
Leave A Reply

Your email address will not be published.