Attariya Hospital Pvt.Ltd.

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा शुरु

padma
milan sunchadi

बैतडी – नेकपा एमालेले झुलाघाट– चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुरु गरेको छ । सीमा नाका बैतडीको झुलाघाटबाट यात्राको शुरुवात गरिएको हो । झुलाघाटमा बिहीबार बिहान राष्ट्रिय झण्डाको झण्डोत्तलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले यात्राको उद्दघाटन गरेका हुन् ।

पार्टी अध्यक्ष ओलीको नेतृत्वमा शुरु भएको यात्रामा एमाले केन्द्रीय कमिटिका पदाधिकारी, केन्द्रीय सदस्य, पार्टीका प्रदेशका नेताहरु लगायतको सहभागिता छ ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्दघाटन गर्दै अध्यक्ष ओलीले यो अभियान सुखी नेपाली, समृद्ध नेपालको अभियान भएको दाबी गरे । झुलाघाटबाट शुरु भएको यात्रा पाँचथरको चिवाभञ्ज्याङमा समापन हुने उनले बताए ।

Siddi ganesh

यात्राको क्रममा समृद्ध नेपालको निर्माणका लागि स्थानीय नागरिकहरुसंग छलफल गर्ने, मध्यपहाडी क्षेत्रको विकासका मुद्दाहरुमा बहस गर्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।

मध्यपहाडी क्षेत्र सम्भावनाको क्षेत्र भएकाले समृद्धिको आधारशीला तय गर्न संकल्प यात्राको शुरुवात गरिएको एमालेको दाबी छ । संकल्प यात्रा तीन हप्ता सम्म सञ्चालन हुनेछ ।

Nawadurga
Loading...