bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

padma
milan sunchadi

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको आइतबारको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ।

काठमाडौं जिल्ला अदालतमा बहस भइरहेको मुद्दामा आज दुईजना सरकारी वकिल र पीडितको तर्फबाट एकजनाले बहस गरेका थिए।

यद्यपि, समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। अब यो मुद्दाको सुनुवाइ बुधबार यही इजलासमा हुनेछ। सोमबार र मंगलबार लगातार बिदा परेकाले अब बुधबार बहस हुनेछ।

Siddi ganesh

आजको मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको थियो।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो। तर, अहिलेसम्म फैसला हुन सकेको छैन।

नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा २०७९ साल कात्तिक १४ मा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.