सन् २०२४ शुरु

Image
maya metro

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात् भएको भन्ने भनाइ रहेको छ।

पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रो चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ।

nisarga

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्।

केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ।