Attariya Hospital Pvt.Ltd.

फिनल्याण्ड र स्विडेनमा तापक्रम माइनस ४० डिग्री सेल्सियसभन्दा तल

padma
milan sunchadi

फिनल्याण्ड र स्वीडेनमा मंगलबार सबैभन्दा कम तापक्रम ४० डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

फिनल्याण्डमा यो जाडोको चिसो रेकर्ड उत्तरपश्चिमी शहर यलिभिस्कामा गरिएको छ। त्यहाँ मंगलबारको प्रारम्भमा तापक्रम शून्यदेखि ३७.८ डिग्री सेल्सियससम्म तल झरेको थियो। पूर्वानुमानकर्ताले पूरै साता केही स्थानमा तापक्रम ० देखि ४० डिग्री सेल्सियससम्म झर्ने बताएका छन्।

फिनिस राजधानी हेलसिन्कीमा तापक्रम शून्यदेखि १५ र २० डिग्री सेल्सियसको बिचसम्म तल झर्ने अपेक्षा गरिएको थियो।

Siddi ganesh

स्विडेनको सार्वजनिक प्रसारक एसभिटीका अनुसार उत्तरी स्विडेनमा आदिवासी सामी बसोबास गर्ने गाउँ निक्कालुओक्टामा मङ्गलबार बिहान तापक्रम शून्यदेखि माइनस ४१.६ सेल्सियस तल पुगेको छ। एसभीटीका मौसमविद् निल्स होल्मक्विस्टले भने, ‘यो जाडोमा अहिलेसम्मको सबैभन्दा चिसो तापक्रम हो र उत्तरमा धेरै चिसो मौसम रहने छ।’

स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै स्थानमा शून्यभन्दा ३० डिग्री सेल्सियस तल तापक्रम भएको सूचना दिएको छ। साथै उसले दक्षिणी स्विडेनका लागि हिउँ र हावाको चेतावनी जारी गरेको छ। संस्थानको दोस्रो उच्च चेतावनी आधा रातदेखि बुधबारसम्म लागू हुन्छ।

घटेको तापक्रमसँगै हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ। नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ। स्वीडेनमा हिउँका कारण आर्कटिक उत्तरमा रेल यातायातका लागि धेरै समस्या उत्पन्न भएको बताएका छन्।

दक्षिणी नर्वेको अरेण्डल शहरमा बालबालिकालाई स्कुल जानका लागि समयमै फुटपाथ सफा गर्न सम्भव नभएकाले बुधबार स्कुल बन्द रहने बताइएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.