Attariya Hospital Pvt.Ltd.

बाजुरा हत्याकाण्डका ६ अभियुक्त छुटे

padma
milan sunchadi

धनगढी – सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ। बाजुराको त्रिवेणी नगरपालिकास्थित वडानम्बर–७ का अयडीको हत्या प्रकरणमा ६ जना आरोपितलाई सर्वोच्चले छोडेको हो।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले अयडी हत्या प्रकरणको मुद्दामा यस्तो आदेश गरेका हुन्।

सो हत्या प्रकरणका अभियुक्तहरू तत्कालीन नेपाली कांग्रेसका वडाध्यक्ष जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई न्यायाधीशद्वयको इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको हो।

Siddi ganesh
sudur last

सर्वोच्च स्रोतका अनुसार सो मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने गरी भएको जिल्ला र उच्च अदालतको आदेशसमेत बदर गर्दै उनीहरूलाई तारेखमा राखिएको हो।

सर्वोच्चको आदेशले उनीहरू सबै आजै छुटेका छन् भने सोही मुद्दाका प्रतिवादी धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई भने सर्वोच्चले थुनामै राख्नुपर्ने आदेश गरेअनुरूप उनीहरू कारागारमै छन्।

उक्त हत्याकाण्डमा जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो। तीमध्ये पक्राउ परेका सबैलाई जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले घटनामा संलग्न देखिएका भन्दै पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरूलाई सर्वोच्चले साधारण तारेखमा छाडिदिएपछि पीडित पक्षले असन्तोष प्रकट गरेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.