Attariya Hospital Pvt.Ltd.

सन् २०२३ मा सुनको विश्वव्यापी माग उच्च बिन्दुमा

padma
milan sunchadi

सन् २०२३ मा सुनको विश्वव्यापी माग उच्च बिन्दुमा पुगेको विश्व सुन परिषद् अर्थात् वर्ल्ड गोल्ड काउन्सिलले जनाएको छ ।

सन् २०२३ मा विश्वव्यापी सुनको माग तीन प्रतिशतले बढेर चार हजार ८ सय ९९ टन पुगेको परिषद्ले जनाएको छ । परिषद्ले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ मा केन्द्रीय बैंकहरूमा सुनको माग एक हजार ३७ टन रहेको र यो इतिहासकै दोस्रो उच्च भएको उल्लेख छ ।

sudur last

विश्वव्यापी सुनजन्य सामान विनिमय व्यापार कोष (ईटीएफ) ले सुनको मागसँगै कारोबार बढेको जनाएको छ । सन् २०२३ मा सुनको विनिमय रेकर्ड २४४ टनभन्दा बढी रहेको कोषले जनाएको छ । सुनको बार र सिक्काको विश्वव्यापी माग वार्षिक रूपमा तीन प्रतिशतले घटेको छ भने गहनाको माग बढेर दुई हजार ९३ टन पुगेको छ ।

Siddi ganesh

चीनको आर्थिक सुधारले विश्व बजारमा सुनका गहनाको माग बढाएको परिषद्ले जनाएको छ । सन् २०२३ मा सुनखानीको उत्पादन एक प्रतिशतले वृद्धि भइ तीन हजार ६४४ टन पुगेको प्रतिवेदनमा उल्लेख छ ।

माग बढेसँगै सुनको भाउ पनि तीव्र गतिमा उकालो लागेको छ । हिजो नेपाली बजारमा सुन तोलाको एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.