Attariya Hospital Pvt.Ltd.

जैविक मार्गको अवरोधले मानव–जीवजन्तुबीचको द्वन्द्व बढ्दै

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरको लालझाडी–मोहना संरक्षित वन क्षेत्र हात्ती लगायतका वन्यजन्तुको पुरानो जैविक मार्ग (करिडोर) का रुपमा रहेको छ।

संरक्षित वन क्षेत्र हात्ती, बाघ, चितुवा, चित्तललगायतका वन्यजन्तुको ओहरदोहर गर्ने मार्गका रुपमा परिचित रहेको छ। भारतीय दूधुवा नेशनल पार्क हुँदै वन्यजन्तु संरक्षित वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पुग्ने गर्दछन। निकुञ्ज, संरक्षित वन क्षेत्र र दूधुवा नेशनल पार्क जोड्ने पुरानो जैविक मार्ग मासिँदा जङ्गली जनावरले प्रतिवर्ष मानवीय र भौतिक क्षति पु¥याउँदै आएका छन्। जैविक मार्गको कनेक्टभिटी टुटेपछि जङ्गली जनावर बस्ती छिर्ने गरेका हुन्।

पुनर्वास नगरपालिकाको डोकेबजार, नौरङ्गा, दोदा नदीको आसपासको क्षेत्रमा जङ्गली जनावरले ओहरदोहर गर्दै आएका छन्। जैविक मार्गको अवरोध हटाउनका लागि पटक–पटक बहस र छलफल हुने गरेपनि सार्थकतामा परिणत नहँुदा मानव वन्यजन्तु द्वन्द्व बढ्दै जान थालेको डिभीजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत भीमप्रसाद कँडेलले बताए।

Siddi ganesh

‘हात्ती हिँडडुल गर्ने वन क्षेत्र कम हुन थालेपछि मानव बस्तीमा पसेको छ, बालीनाली खान थालेको छ’ उनले भने, ‘अहिले मानवबस्ती बसेको ठाउँ हात्तीको पुरानो जैविक मार्ग हो, त्यो टुक्रिएको छ।’ उनका अनुसार दूधुवा हुँदै हात्तीको बथानले संरक्षित वन क्षेत्र, निकुञ्ज हुँदै चुरे क्षेत्र पुग्ने गर्दछन्। ‘यो हात्तीको पूर्खौंदेखिको हिँड्ने मार्ग भएकाले पछिल्लो पुस्ताले पनि अर्को बाटो हिँड्दैन’ अधिकृत कँडेलले भने, ‘पूर्खाले हिँड्ने बाटोनै अतिक्रमण गरी हाल मानवीय संरचना निर्माण भएपछि हात्तीले विध्वंश निम्त्याउने गर्दछ।’

हात्ती मात्रै नभएर हाल भारत नेपालका वनमा बाघ, चितुवा, चित्तल लगायतका जनावरले पनि ओहरदोहर गर्दै आएका छन। दिउँसै चितुवा लगायतका जनावर देखिने गरेको उनले सुनाए। नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको क्षेत्र भएकाले अन्तर्राष्ट्रिय महत्वको जैविक मार्गका रुपमा रहेको उनले बताए। ‘अन्तर्राष्ट्रिय महत्वको क्षेत्र भएकाले संरक्षणको क्षेत्रमा विदेशी दातृ संस्थाको चासो पछिल्लो समय बढ्दै गएको छ’ उनले भने, ‘यसको महत्वबारे स्थानीय बासिन्दालाई बताएर जागरुक गराउन जरुरी छ, त्यसलाई आत्मसात गरी अगाडि बढाउँदैछौँ।’

वन क्षेत्रमा अतिक्रमणको समस्या पुरानै रहेको चर्चा गर्नुहुँदै उनले नयाँ अतिक्रमण हुन नदिइने र कानुन अनुसार अतिक्रमण हटाउने कार्य हुँदै आएको बताए। ‘जैविक मार्ग भएर ओहरदोहर गर्ने जीवजन्तु संरक्षणका लागि जनचेतनाका माध्यमबाट स्थानीय बासिन्दामा जागरण पैदा गर्नुपर्ने अवस्था आएको छ’ उनले भने, ‘जीवजन्तुले बालीनालीमा क्षति पुगाए वा मानवीय क्षति पुगाए क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ। पछिल्लो समय जीवजन्तुले क्षति पु¥याएमा राहत निर्देशिका बमोजिम क्षतिपूर्ति दिने गरिएको उनले बताए। जनचेतनाको पाटोलाई बलियो बनाउन धेरै काम गर्न बाँकी छ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशी वन अतिक्रमण हँुदै जानु, खुला चरिचरन र वन क्षेत्र वरपरका बासिन्दाको आयआर्जनका अवसरमा कमी हुँदा वन संरक्षणको क्षेत्रमा चुनौती थपिँदै गएको बताए। बर्सेनि हुने भू–क्षय, आगलागीका घटनाले वनको जैविक विविधतामा खलल पर्न थालेको उनको भनाइ छ। ‘लालझाडी मोहना संरक्षित वन क्षेत्र वन्यजन्तुको बासस्थानका रुपमा विकसित मात्रै नभएर यस क्षेत्रले जैविक विविधता सांस्कृतिक विशेषता पनि बोकेको छ’ उनले भने, ‘वन क्षेत्र नजिक बसोवास गर्ने बासिन्दाको हित पनि सोचिनु जरुरी छ।’

वन क्षेत्र संरक्षण भएर नै वन्यजन्तुको ओहोरदोहोर केही वर्षयता निकै बढेको उनले बताए। जलाधार क्षेत्रका रुपमा रहेका तालतलैया, सीमसार क्षेत्रको संरक्षणमा सामुदायिक वन, दातृ निकाय र अन्य सरोकारवाला पक्षको चासो बढ्दै गएपछि जीवजन्तु संरक्षणमा टेवा पुगेको उनको भनाइ छ। उनका अनुसार संरक्षित वन क्षेत्रको ८७ प्रतिशत भू–भाग तराई र भावरमा पर्दछ भने १३ प्रतिशत भू भाग चुरे क्षेत्रमा पर्दछ। जैविक विविधताले भरिपूर्ण यो क्षेत्र जीवजन्तुको जैविक मार्गसँगै प्राकृतिक ताल तलैयाले भरिपूर्ण रहेको छ। आवादीसहित यसको क्षेत्रफल ३७ हजार २९ दशमलव ५४ हेक्टर रहेको छ। वन क्षेत्र मात्रै २९ हजार ६ सय ४१ दशमवल ७५ हेक्टर रहेको छ।

‘संरक्षण क्षेत्रभित्रका तालतलैया उचित व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ’ संरक्षणकर्मी पुनाराम चौधरीले भने, ‘सीमसार क्षेत्रको व्यवस्थापनमा पनि ध्यान जानु पर्दछ।’ वन अतिक्रमणका कारण जैविक मार्गमा जोखिम बढेकाले अतिक्रमण हटाउन पहल गरिनु आवश्यक रहेको उनको सुझाव छ। वन क्षेत्र नजिक बस्ने बासिन्दाको वन माथिको निर्भरता कम गरी नवीकरणीय ऊर्जातर्फ डो¥याउनुपर्ने जय लक्ष्मी सामुदायिक वनका अध्यक्ष बसन्ती रानाले बताइन्।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.