बझाङमा एमालेका भण्डारीले बढाए मतान्तर

Image
फाइल फोटो
maya metro

बझाङ – बझाङको प्रदेश सभा उपनिर्वाचनमा खसे‍को मत गणना भइरहेको छ।

अहिलेसम्म नेकपा (एमाले) का उम्मेदवार दमन भण्डारी अगाडि छन्। उनले १०५६१ मत ल्याएका छन्।

nisarga

यहाँ नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले १०४७० मत ल्याएका छन्। एमालेका भण्डारी ९१ मतसहित अगाडि छन्।

माओवादीका जनकबहादुर बुढाले ३७२३ र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २४६० मत ल्याएका छन्।

५० वडा रहेको यो क्षेत्रमा अब ५ वडाको मत गणना गर्न बाँकी छ। २०७९ को चुनावमा यहाँ गठबन्धन गरेर कांग्रेसले चुनाव जितेको थियो।