Attariya Hospital Pvt.Ltd.

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

padma
milan sunchadi

धनगढी – बझाङ क्षेत्र नं. (१) उपनिर्वाचनबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सभामुख भीमबहादुर भण्डारीले बिहिबार उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । गत वैशाख १५ गते भएको निर्वाचनमा नेकपा एमालेका भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।

Siddi ganesh

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।

Nawadurga
Leave A Reply

Your email address will not be published.