
अत्तरिया – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थित हुँदा वन्यजन्तकोु ओहरदोहर बढेको छ । घाँसे मैदानमा वन्यजन्तकोु ओहरदोहर बढेपछी निकुञ्ज घुम्न आउने पर्यटकहरुले समेत सहजै वन्यजन्तु देख्न पाईरहेका छन् । घाँसे मैदान हात्ती, गैंडा, निलगाई, चित्तल, बाह्रसिङ्गा जस्ता शाकाहारी जनावरको चरन क्षेत्र हो । यिनै जनावरमा बाघ, चितुवा जस्ता मांसाहारी जनावर आश्रित हुन्छन् । त्यसैले पनि घाँसे मैदान, आहारा प्रजाति र बाघ जैविक विविधताका प्रमुख सहयात्री मानिन्छन् ।
शुक्लाफाँटाको घाँसे मैदान व्यवस्थित भएपछी वन्यजन्तुका झुण्डहरु घाँसे मैदानमा देख्न पाउँदा घुम्न आउने पर्यटकहरु समेत खुसी हुने गरेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका योजना फाँट रेन्जर प्रयास केसीले बताए । शुक्लाफाटाको घाँसे मैदान ५४ वर्ग किलोमिटरमा फैलिएको छ । जसमध्य २४ हेक्टर घाँसे मैदान व्यवस्थापन गर्न तराइ भु–परिधी कार्यक्रम (ताल)ले सहयोग गरेको छ । तालले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भौतिक विकास र वन्यजन्तु बासस्थान व्यवस्थापनका लागि सहयोग गर्दै आईरहेको छ ।

निकुञ्जमा रहेका पोष्टहरुको मर्मत सुधार,खटिने कर्मचारीहरुलाई खाजाको व्यवस्था, गस्तीमा खटिने सवारी साधन मर्मत तथा इन्धन लगायतका काममा तालले निकुन्जलाई सहयोग गर्दै आईरहेको छ । त्यस्तै तालले ड्रोन र रोबरबोट पनि सहयोग गरेका कारण सिमा क्षेत्रसम्म गस्ती गर्न र चोरी सिकारी नियन्त्रण गर्न सहज भएको रेन्जर केसीले बताए । विश्वमै दुर्लभ मानिने खरमजुर पनि शुक्लाफाँटामा पाईन्छ । घाँसे मैदान व्यवस्थापन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदान वन्यजन्तु अवलोकन, सुन्दर हरियाली दृश्य र सहज सफारीका हिसाबले पर्यटकीय आगमनको आर्कषण पनि हो । वन्यजन्तु संरक्षणका लागि चरिचरन क्षेत्रको दिगो व्यवस्थापन पहिलो आवश्यकता हो । चोरीसिकारी नियन्त्रण गरि मानव वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि पनि घाँसे मैदान व्यवस्थित गर्नु अनिवार्य रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत प्रमोद भट्टराई बताउँछन् । ‘मानव वन्यजन्तु द्वन्द्व बढ्नुमा घाँसे मैदानमा आएको ह्रास पनि कारण हुन्छ भट्टराईले भने त्यसैले शुक्लाफाँटामा घाँसे मैदान व्यवस्थित गर्न निकुञ्जले सक्दो प्रयास गरिरहेको छ ।’
आधुनिक मेसिनको प्रयोग गरि समयसमयमा झाडीहरु हटाउने कार्य निकुञ्जमा गरिँदै आएको उनले बताए । घाँसे मैदान व्यवस्थापन गरे वन्यजन्तु बस्तीतर्फ आउनबाट रोकिने र बालीनालीमा हुने क्षति न्यूनीकरणमा पनि सहयोग पुग्ने भट्टराईको भनाई छ । ‘वन्यजन्तु आहाराको खोजीमा बस्तीमा नआउन, मानवीय क्षति नहोस्,वनभित्र नै उपयुक्त बासस्थान होस् भनेर घाँसे मैदान व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेका छौं’उनले भने ।
घाँसे मैदानको अभाव हुँदा बाघका आहाराजन्य प्रजातिको विविधता र संख्या घटेसँगै यसको सीधा असर बाघ संरक्षणमा पनि पर्छ । अन्ततः यसले मानव वन्यजन्तु द्वन्द्वलाई थप चर्काउन मद्दत गर्छ ।
समैजी सामुदायिक वनमा पनि घाँसे मैदान
लामो समयदेखी मानव वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि काम गर्दै आईरहेको तालले कृष्णपुर नगरपालिकाको समैजी सामुदायिक वनमा पनि घाँसे मैदान संरक्षणका लागि प्रोत्साहन सहयोग गरेको छ । वडा नम्बर ४ को समैजी सामुदायिक वन क्षेत्रमा पर्ने सिस्ने क्षेत्रमा २० हेक्टर क्षेत्रफलमा घाँसे मैदान संरक्षण गरिएको वनका अध्यक्ष हजारी भाटले बताए । ‘यसअघिसम्म हामीले तालकै सहयोगमा १२ हेक्टर क्षेत्रफलमा घाँसे मैदान संरक्षण गरेका थियौँ,यस वर्षदेखी बढाएर २० हेक्टर बनाएका छा’ैँ उनले भने ।
९३ हेक्टरमा फैलिएको वनमा करिब १२ हेक्टरमा घाँसे मैदान मात्रै रहेको समैजी सामुदायकि वन उपभोत्ता समुहका अध्यक्ष हजारी सिंह भाटले जानकारी दिए । वनमारा मात्रै रहेको १२ हेक्टर जमीनमा घाँसे मैदान बनेपछी विचरण गर्न आउने वन्यजन्तुको संख्यापनी बढेको उनले बताए ।
घाँसे मैदानको बिचमा वन्यजन्तुलाई नै लक्षीत गर्दै पोखरी बनाईएको छ । त्यस्तैे तराइ भु–परिधी कार्यक्रमकै सहयोगमा एक छेउमा मचान निर्माण गरीएको छ जस्बाट सो क्षेत्रमा पुग्ने पर्यटकलाई समेत सहज हुने गरेको छ । अहिलेपनी सो क्षेत्रमा वनभोज खान मानिसहरु पुग्ने गरेका छन् । चरिचरणकालागी घाँसे मैदान सुरक्षीत भएपछी उत्त क्षेत्रमा अहिले हात्ति,बाघ,निलाई,चित्तल लगायतका वन्यजन्तु विचरण गर्न आउने गरेको अध्यक्ष भाटले बताए । घाँसे मैदानले जंगली जनावरको वासस्थानमा महत्वपुर्ण भुमिका खेल्दै आएको भाटको भनाई छ ।













