कामीरिताले गरे ३० औँ पटक सगरमाथाको आरोहण,आरोहण इतिहासमा नयाँ रेकर्ड

Image
maya metro

काठमाडौँ – कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् । आज (बुधवार) बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथा (८,८४८‍.८६) मिटरको ३० औँ पटक आरोहण गरेका छन् ।

फोर्टिन पिक एक्पीडिसन कम्पनीबाट आरोही गाइडको रूपमा उहाँले विदेशी आरोही लिएर आज विहान ७ः४९ बजे चुचुरोमा पाइला टेकेको सगरमाथाको चुचुरोमा पुगेको कम्पनीका प्रमुख तथा आधार शिविर म्यानेजर टासि लाक्पा शेर्पाले जानकारी दिए । यसै महिना मात्र शेर्पाले २९ औँ पटक सगरमाथाको आरोहण गरेका थिए ।

nisarga

सोलुखुम्बु थामेका ५४ वर्षीया कामी रिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा गाइड तथा पर्वतारोही हुन् ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।