कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे हिमाल आरोहण

Image
maya metro

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हिमाल आरोहण गरेका छन् । उनले ६ हजार १ सय ४५ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेका हुन् ।
शर्माले हिमाल आरोहणको आफ्नो सपना पूरा गरेको बताएका छन्।

मंसीर २१ मा खुम्बु पदयात्रा शुरु गरेका शर्मासहित ५ जनाको टोली २७ गते राती ११ बजे आधारशिविरबाट शिखरतर्फ उक्लिएको थियो भने २८ गते बिहान ६ बजेर ४५ मिनेटमा पिकमा पुगेको थियो ।

nisarga

करिब ४ वर्षअघिदेखि नै हिमाल आरोहणका लागि तयारी गर्दै आएको उनलेबताएका छन्।

उनले हिमाल आरोहणबाट फर्केपछि जलवायु परिवर्तनले हाम्रा हिमालमा पुर्‍याएको असरबारे नजिकबाट देख्न र बुझ्न पाएको धारणा राखे । स‌ंसद् र सम्बन्धित ठाउँमा यस विषयमा कुरा राख्ने उनको अठोट छ ।