सुन तोलाको १ लाख ७० हजार नाघ्यो

Image

काठमाडौं – नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ।

आज प्रतितोला ४०० रुपैयाँले बढेको नेपाली सुनसाँची व्यवसायी महासंघले जनाएको छ। बिहीबार २३ सय रुपैयाँले बढेको सुन आज ४०० रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

nisarga

बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको थियो। चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी बिहीबार एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो।