
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकास्थित खैराना नदीबाट तीन वटा सवारी नियन्त्रणमा लिइएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोलीले आइतवार अवैध दोहन गर्ने तीन वटा सवारी नियन्त्रणमा लिएको हो ।

प्रमुख जिल्ला अधिकारी हमालको सुरक्षा समूहले सुदूरपश्चिम प्रदेश १–००१ क १७६२ र सुदूरपश्चिम प्रदेश १–००१ क २१४९ नम्बरका डोजर तथा सुदूरपश्चिम प्रदेश १–००१ क १७१८ नम्बरको टिप्पर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका तीनै सवारी इलाका प्रहरी कार्यालय, मालाखेतीमा राखिएको छ ।
नगरपालिकाले कारबाही गरेको बिल र पत्र दिएपछि प्रहरीले अवैध दोहन गर्ने सवारीहरू धनीलाई फिर्ता दिने बताएको छ ।
तर, सोमवार दिउँसोसम्म सवारीहरू प्रहरीको नियन्त्रणमा छन् ।















