सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीले भेटे प्रधानमन्त्री

Image
maya metro

धनगढी – प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गरेका छन्।

आइतवार साँझ प्रधानमन्त्री निवास बालुवाटार भएको भेटवार्तामा प्रदेशको विकास र संवृद्धि बारे छलफल भएको बताइएको छ।

nisarga

मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीसमक्ष लगानी तथा विकास सम्मेलनले प्रदेशको विकास ठूलो टेवा पुग्ने मुख्यमन्त्री शाहले बताएका थिए।

भेटमा आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्न आग्रह गरिएको थियो।

प्रदेशका ठूला परियोजनाको बारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो।