आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

Image
maya metro

अप्रिल २३ अर्थात् विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस।

सन् १९९५ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो।

nisarga

यो दिनले विश्व साहित्यमा ऐतिहासिक महत्व पनि राख्छ। यही मितिमा विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर, इन्का गार्सिलासो दे ला भेगाको निधन भएको थियो।

यो दिवसको उद्देश्य पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु हो । यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानुन जानकारी र प्रतिलिपिअधिकारसम्बन्धी सचेतना फैलाउने बताइन्छ ।