एसइई नतिजा प्रकाशन असारभित्रै प्रकाशन हुने

Image
maya metro

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा(एसइई)को नतिजा यही असारभित्रै प्रकाशन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले असारभित्रै प्रकाशन हुने गरि काम भइरहेको जनाएको हाे।

​राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप-नियन्त्रक तारानाथ निरौलाका अनुसार अहिले परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण सकिएर केन्द्रमा आउने क्रम जारी छ।

nisarga

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो।

शिक्षक आन्दोलनका कारण एसइई नतिजा प्रकाशनमा ढिला हुने भएको हो। अघिल्ला वर्षहरूमा एसइई परीक्षा नतिजा असार दोस्रो/तेस्रो हप्तामा प्रकाशित हुने गरेको थियो।

तर,सो समयमा यस पटक भने आन्दोलनका कारण एसइई नतिजा प्रकाशन हुने सम्भावना नदेखिएको परीक्षा बोर्डले जनाएको छ।

बोर्डका अनुसार २०८१ को एसइई परीक्षामा करिब पाँच लाख परीक्षार्थीहरू सहभागी छन्।