भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

Image
maya metro

काठमाडौं – भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाबाट बोलाइ बन्दी बनाइका ३५ युवाको उद्धार गरिएको छ।

बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।

nisarga

उनीहरुलाई राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा यही असार ५ गते उद्धार गरेको हो।