
बाजुरा – गौमुल गाउँपालिकामा एक जनालाई खोलाले बगाउदा बेपत्ता भएका छन । बेपत्ता हुनेमा सोही गाउँपालिका वडा नं ३ का निवर्तमान वडा सदस्य अन्दाजी बर्ष ४५ का धन बहादुर बोहरा रहेका छन । दिउसो २ बजेर ४५ मिनेटतिर खोलाले बगाएको सोही वडा वडाअध्यक्ष गोरख बोहराले बताएका छन ।
धन बहादुर लगायत स्थानीयहरु घट्टको पाथर तार्ने क्रममा खोला पारी गएको बेला एकाएक रौधीखोला उर्लेर आएको थाहा नभएपछि उनलाई बगाएको स्थानीयले बताएका छन । उनीसंगै अर्का एक जना भने सकुशल रहेको वडा अध्यक्ष बोहराले बताएका छन । सगै बगेका मध्य एक जना घाइते भएका छन । घाइते हुनेमा सोही गाउँका अन्दाजी ४५ बर्षका दिल बहादुर बोहरा रहेका छन ।

स्थानीय र सुरक्षाकर्मीहरूद्धारा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराले बताएका छन । स्थानीय निकाय र सुरक्षाकर्मीहरूले घटनास्थलमा खोजी कार्य जारी राखेको सूचना अधिकारी बोहराले बताए ।














