अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

Image
maya metro

आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।

nisarga

युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा युवाका समस्या सम्बोधन हुन सकेको छैन ।

शिक्षा, स्वास्थ्य र रोजगारी नै युवाका मुख्य समस्या हुन् । रोजगार बनाउनका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि ती प्रभावकारी कार्यान्वयन हुन सकेका छैनन् । देशमा रोजगारी र स्वरोजगारमुखी कार्यक्रम नहुँदा लाखौं युवा विदेशिनु परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिवसको अवसरमा शुभकामना दिँदै फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य रहेको उल्लेख गरेका छन् ।

युवाको सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प हुने प्रधानमन्त्रीको विश्वास छ ।