सुनको मूल्य एकैदिन ७ हजारले बढ्यो

Image
फाइल फोटो
maya metro

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोलाको २ लाख ५८ हजार पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज तोलामा ७ हजार १०० रुपैयाँले बढेको हो।

बिहीबार प्रतितोला सुन २ लाख ५० हजार ९०० कायम भएको थियो। यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ।

nisarga

आज एक तोला चाँदी ३ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको थियो।