बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

Image
maya metro

बैतडी – बैतडीको पुर्चौंडी नगरपालिका–२ बन्तोलीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

निधन हुनेमा २७ वर्षीया मञ्जु कामी रहेको प्रहरीले जनाएको छ।

nisarga

शनिबार बिहान ९ बजेतिर घरबाट खर ल्याउन वनतर्फ गएकी कामीले बाटोमा जंगली बँदेल देखेपछि डराएर भाग्ने क्रममा भीरबाट खस्दा उनको ज्यान गएको बताइएको छ।