सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदीमा किर्तिमानी कायमै

Image
maya metro

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य घटेको हो भने चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

nisarga

चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । औद्योगिक क्षेत्रमा चाँदीको प्रयोग बढ्दा माग बढेकाले मूल्यसमेत बढेको महासंघले जनाएको छ ।