माघिको अवसरमा टीभीएसको धनगढी र अत्तरीया शाखामा ७ गतेसम्म अफरै अफर

Image
maya metro

अत्तरिया – धनगढी र अत्तरियामा रहेको टीभीएस सोरुमले माघ १ गतेदेखि माघ ७ गतेसम्ममा बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई विशेष अफर दिने घोषणा गरेको छ ।

सोरुमका सञ्चालक प्रेम साउँदले माघी तथा माघेसंक्रान्तिको अवसर पारेर विशेष अफर राखिएको बताए ।

nisarga

सञ्चालक साउँदले बाइक वा स्कुटर खरिद गर्दा क्यास डिस्काण्टमा नगद ६ हजार, एक्सचेञ्ज गर्दा बजार दर भन्दा थप १०,००० रकम अतिरिक्त दिने र टीभीएसको जतिसुकै पुरानो मोटरसाइकल वा स्कुटर भएपनि त्यसको न्युनतम ३० हजार रुपैयाँ मूल्यांकन हुने बताएका छन ।

१ गतेदेखि ७ गतेसम्म चल्ने उक्त विशेष अफरमा पुराना मोटरसाइकल वा स्कुटरसँग टीभीएसका नयाँ मोटरसाइकल र स्कुटरसँग साट्न पाइनेछ । विशेष अफरको सेवा धनगढीका लागि बागेश्वरी अटोमोटिभ्स र अत्तरीया लागि बागेश्वरी मल्टिमोटर्सबाट लिन सकिनेछ ।

त्यस्तै माघ महिनाभरी फाइनान्स गरेर बाइक वा स्कुटर खरिद गर्न चाहाने ग्राहकका लागि ५० प्रतिशत डाउन पेमेण्टमा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउन सकिने व्यवस्था रहेको बताउँदै विशेष अफरको फाइदा उठाउन सम्पूर्ण ग्राहकवर्गलाई आग्रह गरेका छन ।

सञ्चालक साउँदले भारत र नेपालमा पछिल्लो समय सर्वाधिक रुचाइएको र बिक्री पनि भैरहेको इभीमा आइक्यूभ मोडेल आफ्नो स्वरुमबाट सजिलै उपलब्ध रहेको पनि जानकारी दिएका छन । उक्त आइक्यूभ मोडेलललाई ७ दिनभित्रमा नगद खरिद गर्ने ग्राहकलाई १५,००० छुट गरिएको छ ।

टीभीएसले अरु कम्पनी भन्दा धेरै थरिका मोडल तयार गरेको र ती मोडेल ग्राहकहरुले मन पराउनुका साथै सफल पनि भएकाले नेपाल तथा छिमेकी मुलुक भारतमा धेरै बिक्री हुने गरेको बागेश्वरी अटोमोटिभ्स धनगढीका सञ्चालक साउँदले बताएका छन ।