तोलामा ३७ सयले बढ्यो सुनको भाउ

Image
maya metro

नेपाली बजारमा सुनको मूल्य बढेको छ । केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार (माघ २०) तोलामा ३७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ ।

nisarga

सोमबार (माघ १९) प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ ।

हिजो पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।