
नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। आज सुन तोलामा ९ हजार ५०० र चाँदी ६२० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० र चाँदी ४ हजार ९ सय ८० रुपैयाँ तोकेको छ।

हिजो बु्धबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० र चाँदी ५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० र चाँदी ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।













