सुनको मूल्यमा वृद्धि

Image
फाइल फोटो
maya metro

साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।

आज सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्दै नयाँ कीर्तिमान नजिक पुगेको छ।

nisarga

शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, डलरको उतार–चढाव तथा भूराजनीतिक अनिश्चितताले सुनको मूल्यमा दबाब बढेको व्यवसायीहरूको भनाइ छ।

पछिल्लो समय लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भइरहेकाले माग बढेको देखिन्छ।

यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।

सुन–चाँदीको मूल्यमा आएको यो वृद्धिले गहना व्यवसाय, लगानीकर्ता तथा उपभोक्तामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।