
नेपाली बजारमा शुक्रबार (फागुन १) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आजको मूल्य तीन लाख तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
बिहीबार (माघ २९) प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ३४० रुपैयाँले घटेर प्रतितोला पाँच हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पाँच हजार ३४० रुपैयाँ थियो ।













