राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

Image
maya metro

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनलगायत विषयलाई लिएर आज राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।

nisarga

उनका अनुसार सम्बोधनको समय भने तय भएको छैन।

गत भदौं २३ र २४ गतेको जेनजी विद्रोह पछि अन्तरिम सरकारको नेतृत्व गरेकी कार्की नेतृत्वको सरकारले चुनाव गराउन लागेको छ। आगामी विहीबार हुने निर्वाचनबाट आउने जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गरेर बाहिरिने तयारीमा प्रधानमन्त्री कार्की रहेकी छन् ।